Logo

मेलम्ची आयोजना : मन्त्री मगरको प्राथमिकता सिएमसीलाई नै काममा फर्काउने



काठमाडौँ, २ फागुन । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेकी छन्।

मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाएकी छन्। बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले सो कम्पनीले तीर्न बाँकी नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको पनि बताइन्।

सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुको ३ अर्ब बढि भुक्तानी गर्न बाँकी छ। मन्त्री मगरले सो कम्पनी पुनः फर्केर नआए निर्माण व्यवसायीहरुको भुक्तानी रकम असुल गराउन कानूनी बाटो नभएकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराइन्।



प्रतिक्रिया दिनुहोस्