Logo

रेमण्डको छैटौँ शोरुमको उद्धघाट्न



काठमाडौं, ३ फागुन । अन्तर्राष्ट्रियस्तरको सर्टिङ–सुटिङ ब्राण्ड रेमण्डले ललितपुरको जावलाखेलमा छैटौँ शोरुम विस्तार गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, बडीबिल्डर महेश महर्जन, व्यवसायी चन्द्रप्रसाद ढकाल र रेमण्डका अध्यक्ष संजय अधिकारीले उक्त शोरुमको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा रेमण्डका अध्यक्ष अधिकारीले ब्राण्डका कपडा विश्वमै उत्कृष्ट भएको दाबी गरेका छन् । रेमण्डका कपडा गुण्स्तरीय र निश्चित मूल्य भएको उनको भनाइ छ ।

कार्यक्रममा क्लबका सभापति धमलाले रेमण्डले नेपालीहरुको मन जितेको भन्दै यसलाई आगामी दिनमा देशव्यापी रुपमा लैजानुपर्नेमा जोड दिए । उनले भने,‘रेमण्ड आज सबै नेपालीहरुको रोजाईमा परेको छ । व्यक्तिव्य विकासमा यसले ठूलो योगदान पुर्याएको छ ।’

यसअघि दरबारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, चितवनको नारायणघाटलगायत स्थानमा रेममण्डका शाखा सञ्चालनमा रहेको जानकारी दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्