Logo

फेरि तीन कोइरालाहरु एउटै मालामा देखिए, देउवालाई टेन्शन



काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना नेताहरु महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइराला तीन जना नेताले एउटै माला पहिरिएका छन्।

तीन जना कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन तीनै जना नेता वीरगंज पुगेका हुन्। फोटो प्रदर्शनी, कार्यालय उद्घाटन र विचार गोष्ठी उद्घाटन कार्यक्रममा तीनै नेतालाई १२१ किलोको एउटै माला पहिर्‍याइएको हो।



प्रतिक्रिया दिनुहोस्