फागुन १३, काठमाण्डौ । पार्टीको सांगठनिक एकीकरणका लागि बनेको नेकपाको शक्तिशाली कार्यदल विघटन गरेपछि त्यसमा रहेका बहुमत सदस्यले अध्यक्षद्धयलाई आइतबार सांझ छुट्टै प्रतिवेदन बुझाए । यो संगै नेकपा भित्रको विवादको पारो थप उकालो लागेको छ ।
असन्तुष्ट कार्यदलका सदस्यहरुले नेतृत्व यसरी नै अघि बढे पार्टी गंम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन ।
आईतबार राती प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर विघटित कार्यदलका पाँच सदस्यले अध्यक्ष केपी कशर्मा ओलीलाई सात पृष्ठ लामो प्रतिवेदन बुझाए । शुक्रबार बसेको सचिवालय बैठकले एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा पाएको ९ सदस्यीय कार्यदललाई विगटन गर्दे पार्टी सचिवालयले नै टुङ्गो लगाउने निर्णय गरेको थियो ।
सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाउँदै विघटित कार्यदलका बहुमत सदस्यले बुझाएको प्रतिवेदनमा कार्यदलको बैठकमा भएका मुख्य विवादका विषयहरुसहित सांगठनिक एकीकरणको खाका समेत उल्लेख गरिएको छ । फरक प्रतिवेदन बुझाएका कार्यदलका सदस्य योगेश भट्टराईले अध्यक्षद्धयले बहुमतको बलमा गर्ने निर्णय सजिलो भएपनि त्यसले पाटीलार्ई गंम्भिर दुर्घटनामा फसाउने बताउछन ।
अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दे बुझाएको प्रतिवेदनमा कार्यदलले काम गर्न नसक्नुमा संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेल नै मुख्य दोषी र बढी जिम्मेवार भएको समेत दावी गरेका छन ।
सदस्य भट्टराईले अहिलेसम्म पार्टी नै स्ांस्थागत रुपमा बनी नसकेको भन्दै यस्तो अवस्थामा पार्टीका अन्य नेताहरुलाई वेवास्ता गर्दे अघि बढ्नु कत्तिको न्यायोचित भन्दै प्रश्न गर्छन । यतिमात्र होइन उनी महाधिवेशन सम्म पार्टीका सवै नेताहरु एकजुट भएर पार्टीको भित्रको समस्यसमाधान गर्नुपर्ने आवश्यकता औल्याउछन ।
३ घण्टा कुरेर बुझाइएको प्रतिवेदनमा कार्यदलको म्याद थप गरेर बाँकी काम सक्नेतर्फ नलागि कार्यदल भंग गराउनमा संयोजक र महासचिवले भूमिका खेलेको समेत प्रतिवेदनमा छ ।
त्यस्तै असन्तुष्ट कार्यदलले बुझाएको प्रतिवेदनमा स्थायी कमिटिले बनाएको कार्यदल सचिवालयले भंग गर्ने निर्णय पार्टी विधानको धारा ३३ (ग) विपिरत भएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कार्यदल सदस्यहरु सुरेन्द्र पाण्डे, बर्षमान पुन, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले हस्ताक्षर गरेका छन ।