काठमाडौं, २४ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हिंसाको औचित्य सम्पूर्ण रुपमा समाप्त भएको स्पष्ट पारेका छन् ।
ओलीले स्वतन्त्र तराई अभियान छोडेर शान्तिपूर्ण राजनीतिमा आउने भनेका चन्द्रकान्त राउतको निर्णय क्षमता आफ्नै पार्टी नेपाल कम्युनिष्टपार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जस्तै रहेको बताएका छन्।
विहिबार सरकार र राउतबीच भएको राजनीतिक सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै ओलीले राउतको प्रशंसा गरेका हुन्।
Posted by Sabin Dhamala on Thursday, 7 March 2019
उनले भने,’मैले सिके राउतमा असाधारण निर्णय क्षमता देखेँ। यस्तो निर्णय क्षमता मैले पुष्पकमल दाहाल प्रचण्डमा मात्रै देखेको थिएँ, उहाँले पनि जनयुद्ध छोडेर शान्तिवार्ता हुँदै निर्वाचनमा आउने निर्णय गर्नुभयो। नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता गर्ने बेलासम्म आइपुग्दा प्रचण्डमा मैले असाधारण निर्णय क्षमता देखेको थिएँ। राउतमा त्यस्तै देखेँ।’ राउतले स्वतन्त्र तराईको माग छोडेर राष्ट्रिय एकतालाई जोड दिएको भन्दै उनले राउतको प्रशंसा गरेका हुन्।
तस्विर : मुकुन्द कालिकोटे/ ReportersNepal.com