काठमाडौं, २४ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन्। सरकार र सिके राउतबीच आज काठमाडौंको भृकुटिमण्डपमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो भन्दै सरकारले गरेर छाड्ने चेतावनी दिए। उनले भने,‘यो बाटो छोड्नुस। नत्र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। सरकारले गर्छ ।’
कम्युनिस्टको नाममा लुट्ने, मान्छे मार्ने र बन्दुक पड्काउने काम भइरहेकोमा आपत्ति ओलीले जनाए।ओलीले भने,‘कम्युनिस्ट पार्टीको नाम बन्द गर। लुटेरा समूह (विप्लव) राखे हुन्छ। प्रकाण्ड लुटेरा समूह राखे हुन्छ।’
तस्विर : मुकुन्द कालिकोटे