चैत ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले देशमा कांग्रेसको उपस्थिती कमजोर बन्दै गएको गुनासो गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गुरुङले सरकारले गरेका विवादास्पद निर्णयका विषयमा कांग्रेसले तत्काल धारणा बनाएर सार्वजनिक गर्नुपर्नेमा त्यसो गर्न नसकेको बताए ।
“यदी म कांग्रेसको केन्द्रिय सभापति भएको भए सिके राउतसँग सहमति भएको एक घण्टा वित्न नपाउँदै बैठक बोलाएर बुँदागत रुपमा छलफल गरेर धारणा सार्वजनिक गर्थेँ ।” गुरुङले भने ।
कुनै पनि नेताले सार्वजनिक कार्यक्रममा बोलेका कुरा कांग्रेसको आधिकारिक धारणा हुन नसक्ने उनले स्पष्ट पारे । कांग्रेसका नेताहरुले अध्ययन नै नगरी जथाभावी बोलने गरेको उनको आरोप छ ।
गुरुङसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।