Logo

चिनले बोआवो सम्मेलनमा नेपाललाई किन बोलाएन ? यस्तो छ रहस्य



चैत ८, काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले सत्ताको बागडोर समालेपछि नेकपा समर्थकहरूले चीनबाट नेपालमा अर्बौं सहायता आउने दाबी गरेका थिए ।

कम्युनिस्ट पार्टीको सरकार भएकाले चीनको सद्भाव बढी हुने र यसको फाइदा नेपालले उठाउने जनअपेक्षा पनि थियो । तर, त्यस विपरित हरेक बर्ष बोलाउँदै आएको चीनले यसपटक नेपाललाई बोआवो फोरममा समेत डाकेन । जहाँ आर्थिक विकासका विषयमा महत्वपूर्ण छलफल हुन्छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई चीनले महत्वपूर्ण कार्यक्रममा डाक्न छाडेको छ । कम्युनिष्ट सरकारको नाताले चीनसँग बढि नै अपेक्षा राखेको ओली सरकारलाई यस पटक चीनले बोआवो फोरममा समेत डाकेन । आगामी मंगबारबाट चीनको हैनान प्रान्तमा सुरु हुन लागेको फोरमका लागि निम्तो नआए पछि नेपाल सहभागी नहुने निश्चित भएको छ । परराष्ट्र मन्त्रालयले बोआओ फोरममा नेपालको सहभागिताबारे कुनै निमन्त्रणा नआएको र तयारी समेत नभएको जनाएको छ । चीनबाट निम्तो नआउनुलाई विज्ञहरुले चीनको प्राथमिकतामा नेपाल पर्न छाडेको हो कि भन्ने सन्देश गएको टिप्पणी गरेका छन् । यद्यपी दुईवटा महत्वपूर्ण सम्मेलन नजिक नजिकै हुन लागेकाले बोआवोमा चीनले नबोलाएको हुनसक्ने चीन मामला जानकारहरु बताउँछन् ।

चीनले बीआरआईलाई आफ्नो आफ्नो महत्वपूर्ण एजेन्डाका रुपमा अघि सार्दै आएको छ । एसियाली देशलाई एउटै रोडमा जोड्ने उसको अभियानमा नेपाललाई प्रयोग गर्नु पर्ने भएकाले त्यसमा महत्व दिएको तर बोआवोमा चीनियाँ स्वार्थपूर्ति नहुने भएकाले वेवास्ता गरेको हुनसक्ने कुटनितिज्ञहरु बताउँछन् । चीनको हैनान प्रान्तमा ‘बोआओ फोरम’ चलिरहँदा नेपालमा लगानी सम्मेलन आयोजना गरिँदैछ । ‘बोआओ फोरम’ नेपालका लागि धेरै महत्वको सम्मेलन हुनुपर्ने हो । किनभने सोही सम्मेलनबाट पाकिस्तानले अर्बौं डलरको सहयोग आफ्नो देशमा लगेको छ ।

तर, नेपालले भने त्यसबाट लाभ लिन नसकेको मात्र होइन, सम्मेलनमै बोलाउन छाडिएको छ । बलियो सुरक्षा ब्यबस्था नहुदा र ठोस एजेन्डा नेपालले बनाउन नसक्दा उच्च स्तरीय भ्रमण त चीनबाट भएको छैन नै नेपाल चीनको महत्वमा पर्न छाडेको छ। उसले आफ्नो स्वार्थपुर्तिका लागि मात्रै नेपाललाई प्रयोग गर्न थालेको छ । ओली नेतृत्वको सरकारलाई महत्व दिन छाडेको छ ।



प्रतिक्रिया दिनुहोस्