काठमाडौं, ९ चैत्र । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले आफूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नभेटेको स्पष्ट पारेका छन् । तर, सरकारी संयन्त्रले भने पूर्वराजा र राजदुत पुरीबीच जनकपुरमा गोप्य भेटवार्ता भएको दाबी गरेको छ ।
भारतीय राजदुत पुरीले पत्रकार ऋषि धमलासँग कुरा गर्दै आफूले पूर्वराजा शाहलाई नभेटेको दाबी गरेका छन् । उनले भनेका थिए,‘मैले अहिलेसम्म पूर्वराजालाई फेस–टु–फेस’ भेटेकै छैन् । गलत कुरा मिडियामा आएको छ।’
उता, नेपाली सरकारी संयन्त्रले भने राजदुत पुरीले पूर्वराजा शाहलाई भेटेको दाबी गरिरहेको छ । कतिसम्म भने सरकारले राजदुत पुरीसँग स्पष्टीकरण सोधेको भनेर पनि दाबी गरेको छ । तर, परराष्ट्र सचिव शंकरदास बैरागीले स्पष्टीकरण सोधिएको भन्नेतिर कुनै छलफल नै नभएको दाबी गरे ।