काठमाडौं १० चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकारले उसलाई वार्तामा ल्याउने रणनीति बनाएको छ ।
विखण्डनकारी मुद्दा बोकेर राजनीतिक अभियान चलाएका सीके राउतकै सैलीमा विप्लबलाई प्रकाउ गर्ने र उसलाई जेल हालेर उनका कार्यकर्तालाई समेत पक्राउ गर्दै गलाउने रणनीति सरकारले अघि सारेको हो ।
सोही शैलमा विप्लबलाई वार्तामा ल्याउनसमेत सहज हुने सरकारी निष्कर्ष छ । गृह मन्त्रालय निकट उच्च स्रोतका अनुसार विप्लवको खोजीमा सक्रिय रहन सरकारले प्रहरीलाई निर्देशन दिइसकेको छ ।
प्रहरीले सोहीअनुरुप नै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउसमेत गर्न थालिसकेको छ । प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएर विप्लवमा उच्च तहका नेतामाथि निगरानी बढाएको गृह स्रोतले जानकारी दिएको छ । -राजधानी दैनिकबाट