Logo

मागप्रति सकारात्मब बन्न सरकारलाई राष्ट्रिय हकहित संरक्षण समितिको दबाब(फोटोफिचर)



काठमाडौं,१० चैत्र । राष्ट्रिय पुनर्निमाण प्राधिकरण प्राविधिकः राष्ट्रिय हकहित संरक्षण समितिले आफ्ना मागहरुको सरकारलाई चाडै सम्बोधन गर्न दबाव स्वरुप बिरोध कार्यक्रमको आयोजना गरेको छ । समितिले राजधानीको माईतीघर मण्डलामा बिरोध कार्यक्रममा आयोजना गरेको हो । सम्पुर्ण पुनर्निमार्ण प्राविधिकहरुले खाई पाई आएको भत्ता, बिमा, सुरक्षा र स्थाईत्वको ग्यारेन्टी हुनुपर्ने माग सहित दबाव मुलक कार्यक्रमको आयोजना गरेको समितिले जनाएको छ । शान्तिपुर्ण रुपमा राखेका आफ्ना मागहरुप्रति सरकार सकारात्मक नदेखिए बाँकी बिरोधका कार्यक्रमको धोषणा गर्नेपनि समितिद्धारा जानकारी गराइएको हो ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्