Logo

राजधानीका सडक बढार्न महानगरमा नयाँ ब्रुमर,मेयरले गरे उद्घाटन(फोटोफिचर)



काठमाडौं,१२ चैत । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच नयाँ ब्रुमर मार्फत सडक सफा गर्ने भएको छ । एक साताअघि इटालीबाट  ल्याईएका सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोगगर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दे महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका छन ।गत असारमा गरिएको बोलपत्रको आधारमा महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेर ब्रुमर ल्याएको महानगरले प्रष्ट पारेको छ ।

ब्रुमरबाट टुँडीखेलआसपास, सुन्धारा, भद्रकाली, दरबारमार्ग, बल्खु, कलंकी, कालीमाटी, टेकु,त्रिपुरेश्वर,थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट,पेप्सीकोला, सिंहदरबार, पुतलीसडक, हात्तीसार, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर र  सीनामंगललगायतका स्थानका सडक सफागरिने महानगरपालिकाले जानकारी गराएको छ ।

ब्रुमरको एक दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता रहेको जनाईएको छ । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।ब्रुमरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८ मिटर चौडा सडक सफा गर्नेसक्ने क्षमताबारेपनि महानगरले जानकारी गराएको छ । आयातित ब्रुमरहरु यूरो ४ स्टान्डर्डका हुुन जस्मा पानी र धुलो जडित दुई ट्यांकीहरु रहेका छन । धुलो टिपेपछि ब्रुमरले पानी छर्केरपनि बाटो सफागर्न सक्ने प्रविधिरहेको जनाइएको छ ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNEPAL



प्रतिक्रिया दिनुहोस्