Logo

‘एनएफपिजे’द्धारा फोटो पत्रकारलाई चौध विधामा पुरस्कारको घोषणा(तस्विरसहित)



काठमाडौँ, १३ चैत । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपाल ले विभिन्न १४ विधामा फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्ने भएको छ । एनएफपिजेले यहाँ आज पत्रकार सम्मेलन गरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५’ प्रदान गरिने जानकारी दिएको हो ।

फोटो पत्रकारिताका क्षेत्रमा विगत लामो समयदेखि सक्रियरुपमा क्रियाशील फोटो पत्रकार तथा लामो समय फोटो पत्रकारिता गरी हाल निवृत्त हुनुभएकामध्येबाट एक जनालाई प्रदान गरिने सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।दैनिक जीवन फोटो पत्रकारिता विधा, खेलकूद फोटो पत्रकारिता विधा, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधा र आर्थिक फोटो पत्रकारितालगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने महासचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

त्यसैगरी राजनीतिक फोटो पत्रकारिता विधा, मनोरञ्जन फोटो पत्रकारिता विधा र सातवटै प्रदेशबाट एकएकजनाई उत्कृष्ट फोटो पत्रकारिता विधामा सो पुरस्कार प्रदान गरिनेछ । पुरस्कार जनही रु २५ हजार छ ।

यसैगरी लामो समयदेखि प्रदान गर्दै आइरहेको हाम्रो संस्थाका आजीवन सदस्य हरिगोपाल प्रधानका नाममा स्थापित सम्मान विभन्न शीर्षकमा वितरण गर्दै आइरहेको साहसिक, खेलकूद, पर्यटन, सम्पदा र मनोरञ्जन विधाका अग्रज फोटो पत्रकार तथा फोटोग्राफरलाई यो वर्ष वैशाख १३ गतेको विशेष अवार्ड समारोहमा वितरण गरिनेछ ।

सो पुरस्कार पाउने व्यक्तिको नाम छनोट गरी आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा प्रदान गरिनेछ । एनएफपिजे फोटो पत्रकारितामा संलग्न व्यावसायिक पत्रकार अधिकारका लागि विसं २०५३ मा स्थापना भएको हो ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्