चैत १५, काठमाण्डौ । लगानी सम्मेलन २०१९ आजबाट सुरु हुँदै छ । सरकारले यस पटक आयोजनाको किटान नै गरेर ७७ वटा आयोजनालाई सोकेसमा राख्दैछ ।
आज ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग र पर्यटनका विषयमा आयोजनहरूको जानकारी प्रस्तुत हुनेछ । दोस्रो दिन (शनिबार) पूर्वाधार, कृषि, नेपालमा लगानीको अनुभव सेयर, अन्तर्रा्ष्ट्रिय अनुभव आदान प्रदान हुनेछ । शनिबार साँझ ६ बजे सांस्कृतिक कार्यक्रमसहित सम्मेलनको औपचारिक अन्त्य हुनेछ ।
सम्मेलनमा सकारले सोचेभन्दा बढि सहभागिता हुन लागेको लगानी वोर्डका सिइओ महाप्रसाद अधिकारीले जानकारी दिए ।
धेरै प्रतिनिधीको सहभागिका कारण सबैलाई व्यवस्थापन गर्नै मुस्किल भएको अधिकारीले बताए ।
ऋषि धमलासँग प्राइम टाइम्ट टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुराकानी गर्दै अधिकारीले सम्मेलनस्थलमा सबै प्रतिनिधी अट्ने अवस्था नै नरहेको उनले बताए ।