Logo

लगानी सम्मेलन : मन्त्री यादव भूमिकाविहीन



काठमाडौं, १५ चैत । आजबाट काठमाडौंमा दुई दिने नेपाल लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्धघाट्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । लगानी सम्मेलनको लागि महत्वपूर्ण मानिएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई यसपटक खासै वास्ता गरिएको छैन् ।

मन्त्री मातृका प्रसाद यादवको लगानी सम्मेलनमा कुनै प्रभावकारी भूमिका देखिएको छ्रैन् । उनलाई यसपटक प्रधानमन्त्री ओलीले त्यति भाउ नदिएको स्रोतको दाबी छ । पछिल्लो समय मन्त्री यादवसँग प्रधानमन्त्री ओली रुष्ट छन् ।

ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्रा्ष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए ।

नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो¥याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने धारणा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्