मकवानपुर, १९ चैत । प्रदेश ३ सरकारले बारा र पर्सा लगायतका हावाहुरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज विहान बसेको प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । उक्त सहयोग प्रदेश २ सरकारमार्फत प्रदान गरिने भएको हो ।
बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।