काठमाडौं,२२ चैत्र । आफुहरुलाई सरकारले विभेदकारी समायोजनमा लैजान खोजेको भन्दै देशभरिका सरकारी चिकित्सकहरु सेवा नै अवरुद्ध पारेर आजबाट आन्दोलनमा उत्रिएका छन ।उनीहरुले कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी अस्पतालमा शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका हुन् ।सरकारी चिकित्सक संघले शुक्रवार राजधानिका बिरोधको कार्यक्रम गरेको हो ।
सरकारले चिकित्सकहरूलाई निजामती कर्मचारी सरह समायोजन गर्न खोजेपछि आफुहरु आन्दोलनमा उत्रिएको चिकित्सकहरुको भनाई रहेको छ । आफूहरूलाई संघीय सरकारको मातहतमा राख्नुपर्ने सरकारी चिकित्सकहरुले माग राख्दै आएका छन ।सरकारी चिकित्सकहरु सेवा नै अवरुद्ध पारेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारणहरु शुक्रबार काठमाडौं उपत्यका लगायत देशैभरका सरकारी अस्पतालबाट ओपीडी सेवा लिनबाट बञ्चित भएका छन् ।
सरकारले चैत १४ गतेको मन्त्रिपरिषद बैठकमार्फत अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने भन्दै राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय गरेको भोलिपल्टै आन्दोलन थालेका हुन । हाल देशभर १४ सय सरकारी चिकित्सक कार्यरत छन् ।
फोटोः मुकुन्द कालिकोटे/ReportersNepal.com