Logo

रिद्धि सिद्धि सिमेन्ट औपचारिक रुपमा बजारमा



काठमाडौँ, २४ चैत । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको छ ।आइतबार काठमाडौँस्थित होटेल अन्नपूर्णमा आयोजित समारोहमा दुई समूहका अध्यक्ष श्री शंकर लाल अग्रवाल तथा श्री शोभाकर (हरि) न्यौपानको उपस्थितिमा अतिथि तथा सञ्चारकर्मीहरु समक्ष रिद्धि सिद्धि सिमेन्टको औपचारीक अनावरण गरियो ।

कार्यक्रममा बोल्दै रिद्धि सिद्धिसिमेन्ट प्रालिका निर्देशक श्री आनन्द नेपालले सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा बताए । उनले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित सिमेन्टको गुणस्तररीय एकरुपतामा जोड दिए ।

‘देशमा सर्वोत्कृष्ट प्रविधियुक्त उत्पादन प्लान्टमार्फत उच्च स्तरको सिमेन्ट उत्पादन गर्दै नेपाली बजारमा सिमेन्ट गुणस्तरको नयाँ मापदण्ड खडा गर्ने लक्ष्य हामीले बोकेका छौँ’ नेपालले भने ।

‘रिद्धि सिद्धि सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न सर्वोत्कृष्ट युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ साथै प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भि.आर.एम.), सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको रोबो ल्याब सिस्टम र लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारी दिँदै उक्त प्रविधिको प्रयोगले गुणस्तरमा एकरुपता कायण रहने जानकारी गराए ।

यसैगरी, अम्बे ग्रुपका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्नुको साथै यी दुई प्रतिष्ठित समूह बीचको सम्बन्ध र सहकार्यका बताएका छन् ।

देशमा सर्वोत्कृष्ट अत्याधुनिक प्रविधियुक्त सिमेन्ट प्लान्टको स्थापना गर्ने उद्देश्य बोकेको रिद्धि सिद्धि सिमेन्ट प्रालिको स्थापना २०७३ सालको फागुन महिनामा भएको हो । कम्पनीले हेटौँडा र चितवनस्थित आफ्नै चुनढुङ्गा खानीबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य राखेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्