काठमाडौं, २७ चैत । आईसीटीसी समूहका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गोजीको मान्छे भन्दै हिँड्न थालेका छन् । विवादित व्यापारीको रुपमा चिनिएका श्रेष्ठ पछिल्लो समय झनै विवादको घेरामा तानिएका छन् ।
तारागाउँ रिजेन्सी होटल लिमिटेड (हायात) सँग तारागाउँ विकास समितिले २६ वर्ष अगाडि गरेको सम्झौताविपरीत होटल निर्माण लागत दोब्बर देखाइएको छ। राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ समूहले सरकारी अनुमतिबिनै निर्माण लागत बढाएपछि श्रेष्ठ छानबिनको दायरामा आउन लागेका हुन् ।
तर, उनले आफूले जे भन्यो प्रधानमन्त्री ओलीले त्यही मान्ने भएकोले कसैले केही गर्न नसक्ने रवाफ दिँदै हिँड्न थालेका छन् । श्रेष्ठ नेपालका ठूला–ठूला आयोजनामा कमिशन सेटिङकर्ताको रुपमा समेत परिचित छन् । श्रेष्ठको मुख्य योजनाअनुसार नै तारागाउँ होटलले सरकारी सम्पती हत्याउन अनेकौ प्रपन्च रचेको रहस्य बाहिरिएको छ । यस सम्बन्धमा छानबिन गर्न गठित संसदीय उपसमितिले सरकारलाई निर्देशनदेखि अख्तियारसहितले थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सांसद अग्निप्रसाद सापकोटा संयोजक रहेको समितिले चार महिना लगाएर गरेको हायात होटल छानबिन होटलबाट भएका कमजोरीका कारण समस्या जटिल बन्दै गएको आंैल्याएको छ। यसको समाधानका लागि होटललाई दिएको सेयर लगानीपबापतको एक सय ५० रोपनी जग्गा फिर्ता ल्याउने निर्णय गर्नुपर्ने गरी सुझाव दिएको छ । एक सय ४८ रोपनी जग्गाको भाडा सम्झौता रद्द गर्ने, सेयर संरचना मिलान गर्ने, हालको बजार भाउअनुसार जग्गाको पुनर्मूल्यांकन गर्ने, एसियाली विकास बैंकले गरेको लगानीको छानबिनसहितको विषयमा निर्णय लिन सुझाएको छ।
उप-समितको प्रतिवेदनमा सरकारी स्वामित्वको जग्गा कानुनअनुसार पनि निजीलाई पास गरेर दिन नमिल्ने प्रक्रियालाई मिचेर जग्गा रजिस्ट्रेसन पास गरेको, चलनचल्चीको मूल्यभन्दा सस्तोमा जग्गा भाडा सम्झौता गरेको, सम्झौताको बखच ३९.७७ प्रतिशत भएको सेयरबिनै र अनुमति ९०.०१ प्रतिशमा झारेको उल्लेख छ। यसैगरी, एक अर्ब ५० करोडमा बन्ने होटलको लागत ३ अर्ब ४ करोड पुगेको विषयमा थप छानबिन गर्नुपर्ने सुझाव दिएको छ।
यस्तो छानविन अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने र होटल सञ्चालमा आएको दुई दशकसम्म पनि घाटा देखाएर एकतर्फी लाभ लिएको विषयलाई हेर्नुपर्ने संसदीय समितिको प्रतिवेदनले औंल्याएको छ। नेपालका ठूला–ठूला जलविद्युत आयोजनामा पनि श्रेष्ठ विचौलियाको रुपमा छिर्ने र मोटो रकम कमिशन लिएर त्यसबाट हात झिक्ने गरेका छन् ।