लहान, २८ चैत । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ ।
सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।
टाउकोमा चिर्पट प्रहार गर्दा घाइते भएका रामअवतारको उपचारका क्रममा हिजो विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । घटना अनुसन्धानबाट रामअवतारको हत्यामा गोविन्द संलग्न भएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका सदालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र सदामाथि मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।