काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सरकारले सार्वजनिक यातायात व्यवस्थित गर्न नसकेका बेला पानी जहाजको सपना देखाएको आरोप लगाएका छन्।
नेपाली कांग्रेस वनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षमा गरेको कार्यक्रममा महामन्त्री कोइरालाले अहिले सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा पनि ठुल्ठूला सपना बाँड्न मस्त भएको बताए।
‘नेपाली नागरिक अहिले सर्वजानिक यातायातमा सुधार खोजीरहेका छन्। तर प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ’, उनले भने, ‘सरकारले काम भन्दा बढी गफ गर्न लागेको छ। यो राम्रो होइन।’