Logo

लुक्ला विमानस्थलमा दुर्घट्ना रोक्न सरकारले विशेष ध्यान दिनुपर्छ : क्याप्टेन घिमिरे



काठमाडौं, १ बैशाख । नेपाल वायुसेवा निगम (एनएसी) का क्याप्टेन उद्धव घिमिरेले सोलुखुम्बुस्थित् लुक्ला विमानस्थलमा एकैपटक थुप्रै चूनौति आउने गरेको अनुभव सुनाए । उनले भने,“भिरालो विमानस्थल भएकाले र तल्लो भेगमा भीर भएकाले उड्ने बेला निश्चित गति लिइसकेपछि विमानमा समस्यानै देखिएपनि रोक्ने सुविधा हुँदैन।’

आईतबार बिहान सोलुखुम्बुस्थित् लुक्ला विमानस्थलमा विमान उडान गर्ने क्रममा चिप्लियो र नजिक रहेको हेलिप्याडमा रहेका दुईवटा हेलिकप्टरमा ठोकिएपछि तीन जनाको मृत्यु भएको छ । दुर्घट्नापछि रिपोर्टर्स नेपाल डटकमको लागि कुरा गर्दै क्याप्टेन घिमिरेले यस्तो बताएका हुन् ।

उनले भने,‘लुक्ला एयरपोर्ट विश्वकै जोखिममध्येको एक हो । दूधकोशीबाट हुस्सु माथि उठिरहने र बत्तीको सहाराले अवतरण गर्न सकिने अवस्था पनि नहुनु विमानस्थलको जटिल पक्ष हो।’ आजको दुर्घट्ना के कारणले भएको हो भन्ने कुरा आफूलाई यकिन जानकारी नभएको पनि उनले स्पष्ट पारे ।

घिमिरले आगामी दिनमा दुर्घटना रोक्नको लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले विमानस्थलसम्बन्धी उपकरण ल्याउनुपर्यो । त्यस्तै, मौसमसम्बन्धीको राम्रो व्यवस्था गर्नुपर्छ । र, लाइईटको पनि व्यवस्था गर्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्