अर्जुननरसिंह केसी : अहिले सरकार विधान, विधिको शासन सबैलाई तोड्दै अलोकतान्त्रिक ढंगले अगाडि बढेको छ । यो प्रवृत्तिबाट न लोकतन्त्र नै संरक्षित र सुरक्षित हुन्छ न आर्थिक समृद्धि हुन्छ । एकपछि अर्को गर्दै एक वर्ष समयावधि सिद्धिसकेको छ । तर यो बीचमा जुन खालका सपनाहरू देखाइएको छ ।
त्यसमा निराशा मात्रै होइन लोकतन्त्रका सर्वमान्य मूल्य र मान्यताहरू एकपछि अर्को गर्दै तोडिँदै गएको अवस्था छ । अहिले भर्खरै राष्ट्रिय सुरक्षा परिषद्वाला ऐन आएको छ । राष्ट्रिय सुरक्षा परिषद्मा स्वयं प्रधानमन्त्री अध्यक्ष हुनुहुन्छ । अर्थमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, पराष्ट्रमन्त्री, त्यसको सदस्य हुन्छ ।
मुख्यसचिव र एकजना गृहसचिव पदेन सदस्य हुन्छन् । राष्ट्रिय सुरक्षा संस्थाजस्तो महत्वपूर्ण संस्थामा प्रतिनिधित्व गर्ने विषयमा सेनापतिलाई मात्रै उपेक्षा गर्ने वा अलग्याएर निर्णय गरेर जाने सोच राष्ट्रिय संवेदनशील रूपबाट एउटा राष्ट्रिय सुरक्षाको अंगलाई हीनताबोध गराउने मात्रै हो । अहिलेका प्रधानमन्त्री महत्वांकाक्षी र निरंकुशताको भूत जागेको देखिन्छ । त्यसैगरी संवैधानिक परिषद् जुन निर्माण भएको छ ।
संवैधानिक परिषद्को निर्माणको मुख्य उद्देश्य भनेकै राष्ट्रका सबै अंगहरूको बीचमा न्यूनतम सहमति होस् । संवैधानिक अंगहरू न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी र हुनुपर्छ । संवैधानिक अंगहरू स्वतन्त्र, निष्पक्ष, पारदर्शी रूपमा शक्ति निर्माण गर्न खोज्नुहुन्छ । प्रमुख प्रतिपक्षीको अनुपस्थितिमा खबरै नगराई जुन खाले नियुक्ति गर्ने प्रक्रिया यहाँ चलेको छ ।
अहिलेको सरकार लोकतन्त्रको जामा ओढेर निरंकुशतातिर उन्मुख भएको छ । अर्कोतर्पm यसले द्वन्द्व निम्त्याउने काम भएको छ । यो देशमा हिंसा, हत्या, अराजकतामा संलग्नलाई कारबाही गर्न सधैं अधिकार छ । विधिको शासन पालना गराउनुपर्ने सरकारको मुख्य दायित्वभित्र पर्दछ । विधिको शासन पालना गराउनुपर्ने सरकारको दायित्व हो ।
संविधानले नै निषेध गरेका पार्टीहरूलाई सरकार खोलिदिएको छ । विप्लव समूहलाई प्रतिबन्ध लगाउनुभन्दा वार्ता र संविधानबाट नै यसलाई निष्कर्षमा पु¥याउनुपर्छ । भ्रष्टाचारको विरुद्धमा कुनै अभियान सञ्चालन गर्न सकेको छैन । ३३ केजी सुन कहाँ पुग्यो ? वाइडवडी काण्ड कहाँ पुग्यो । त्यसै सेलाएर बसिरहेको अवस्था हो ।
अर्को एनटीसीको फोर जीको अवधारणा अपनाउँछन् । नेपाल टेलिकमको ४ मा ठूलो भ्रष्टाचारको कुरा बाहिर आए । त्यही ४ जी एनसेलमा अर्बौ कमायो । पैसा सबै बिदेसिए ।
०००