लण्डन, १२ बैशाख । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ।
सिटीले दुबै गोल खेलको दोश्रो हाफमा गरेको हो। सिटीका लागि पहिलो गोल खेलको ५४ औं मिनेटमा बर्नाडो सिल्भाले गरेका थिए भने दोश्रो गोल ६६ औं मिनेटमा लिरोय सानेले गरे।
जितसँगै लिग उपाधिको दौडमा रहेको सिटीले लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ।लिगमा सिटीले ३५ खेलबाट ८९ अंक जोडेको छ। समान खेल खेलको लिभरपुलको ८८ अंक रहेको छ।
लिगमा अब ३ खेल बाँकी भएकाले उपाधि विजेता बन्न सिटी र लिभरपुलबीच कडा टक्कर छ। युनाइटेड ३५ खेलबाट ६४ अंकसहित लिगको सातौं स।थानमा छ। उसलाई यस हारले शीर्ष चारमा पर्न एकदमै कठिन बनाएको छ। लिगको तेश्रो र चौथो स्थानमा ७० ४ ६७ अंकसहित टोटनह्याम र चेल्सी रहेको छ।