Logo

ओली सरकारको पालामा किन मौलाउँदैछ जग्गा अतिक्रमण ? कहाँ कति लुटियो जग्गा ?



वैशाख १३, काठमाण्डौ । भूमाफियाहरुले देशैभरका सार्वजनिक जग्गा मिच्ने र मास्ने क्रम तिब्र पारेका छन् । गुठी सस्थानको हजारौ रोपनीदेखी प्रधानमन्त्री निवाससम्मको जग्गा भूमाफियाहरुले कब्जा गरेका छन् । पछिल्लो तथ्याङ्ले सार्वजनिक जग्गा अतिक्रमको अवस्था विकराल रहेको देखाए पनि सम्बन्धी निकायहरु भने मौन देखिन्छ ।

देशभर रहेका सार्वजनिक जग्गा कति अतिक्रममा परेका छन् भन्ने एकिन तथ्याङ्क स्वयम सरकार छैन । तर, पछिल्ला घटनाक्रमले के देखाउँछ भने अतिक्रम तिब्र गतिमा भइराखेको छ । जसको पुष्टि स्वयम प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा ब्यक्तिको नाममा दर्ता भएको घटनाले पुष्टि गर्छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको छ ।

त्यस्तै १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ । राजनीतिक दलका नेता, कार्यकर्ता र कर्मचारीको मेलेमतोमा देशका हजारौ रोपनी सार्वजनिक जग्गा ब्यक्तिका नाममा दर्ता भएका छन् । तर, यसको एकिन तथ्याङ्क कसैसँग छैन । भूमि व्यवस्था मन्त्रालयले जिल्लाका मालपोत र नापीले अभिलेख राख्ने भएकाले आफूहरुसँग नभएको गैर जिम्मेवार जवाफ दिदै बसिरहेको छ ।

सबैभन्दा धेरै जग्गा भएको र धेरै अतिक्रमणको सिकारमा गुठी सस्थानको जग्ग परेको छ । गुठी सस्थानसँग अहिले देशभरका ६९ जिल्लामा १४ लाख ४१ हजार रोपनी जग्गा रहेको पाइएको छ । तर सरकारले नै ठाउँ ठाउँमा गुठिको जग्गा अतिक्रमण गरेको छ भने सरकारकै सिको गरेर ब्यक्तिहरु समेत जग्गा कब्जा गरेका छन् । गुठी सस्थानको हजारौं रोपनी अतिक्रमण भएपनि त्यो जग्गा फिर्ता ल्याउन गुठी सस्थानले सकेको छैन । यद्यपी संस्थानका प्रवत्ता सरोज थपलिया भने अतिक्रमण हटाउने प्रयास थालिएको दाबी गर्छन् ।

गुठि संस्थानको जस्तै पशुपतिनाथ मन्दिरको नाममा रहेका रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन भएपनी भूमाफियाले खाएका छन् । यसबाहेक हायत होटलले कब्जा गरेको ३०४ रोपनी जग्गा, खुलामन्चको जग्गा, छाया सेन्टर रहेको कमलपोखरीको जग्गा भूमाफियाले कब्जा गरेका छन् । यी बाहेक सयौं ठाउँका हजारौ रोपनी जग्गा कब्जामा परेका छन् । तर, रोक्न सरकारले आजसम्म कुनै कदम चालेका छैन ।



प्रतिक्रिया दिनुहोस्