काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनको लागि आज छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्र्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र अन्य शीर्ष नेताहरु पनि सहभागी रहेको बालुवाटार स्रोतको दाबी छ ।
हालै जिल्ला तहको अध्यक्ष तथा सचिवको नेतृत्व टुँगो लगाएको नेकपाले सांगाठनिक एकता पनि टुँगो लगाउनेगरि छलफलको आरम्भ गरेको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढि समय व्यतित भैसकेकोले अब ढिला नगरी सबै तह र तप्काको एकता टुँगो लगाउन पार्टी नेतृत्वलाई दबाब आएकोले नेताहरु छलफलमा जुटेका हुन् ।
आजबाट संसदको अधिवेशन सुरु हुँदैछ । यस विषयमा पनि नेताहरुले छलफल तथा विचार विमर्श गरेको नेकपानिकट स्रोतको दाबी छ ।