कर्ण चन्द–बैशाख १६, डोटी । जनताका बिचमा गरिएको प्रतिबद्धता पुरा गर्नका लागी नेपाल कम्युनिष्ट पार्टीको सरकार सधैँ प्रतिबद्ध रहेको पुर्ब उप प्रधान तथा गृहमन्त्री नेकपाका सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भिम रावलले बताउनु भएको छ ।डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं। ५ मा घोल्ताडामा झोलुङ्गे पुलको शिलान्यास गर्दै नेता रावलले उक्त कुरा बताउनु भएको हो ।
स्थानीय तहको निर्वाचनका क्रममा गरिएको प्रतिबद्धता स्वरुप भूमिगत खानेपानी र झोलुङ्गे पुल निर्माणको काम स्ुरु भएको रावलले बताउनु भएको हो । उक्त गाउँमा भूमिगत पानी यस भन्दा पहिला रावलले नै उद्घाटन गर्नु भएको थियो ।सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालयको ५७ लाख ३१ हजार ४ सय ११ रुपैँया लागतमा बन्न लागेको उक्त पुलले डोटीको पिपल्ला बजार र घोल्ताडा जोड्ने छ ।
दिपायल सिलगढी नगरपालिकाले बादी सामुदायका लागी खरिद गरिएको जग्गा आजै रावलले हस्तान्तरण गरेका हुन । पिपल्ला बजार नजिकै सडक किनारमा बस्दै आएका बादी सामुदायका ३ परिवारलाई नगरपालिकाले जग्गा खरिद गरेको थियो । बादी सामुदायका परिवारलाई आज एक कार्यक्रममा बिचमा नेता रावलले जग्गा धनी प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
प्रमाणपत्र हस्तान्तरण गर्दै रावलले भने ‘कम्युनिष्ट पार्टीको सरकार गरिब तथा बिपन्नहरुका लागी हो, दिपायल सिलगढी नगरपालिकाले जे गरेको छ त्यो राम्रो काम गरेको छ । ’ कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीको प्रशंसा गर्दै रावलले भने ‘ निर्वाचनको समयमा महिलाले नगर चनाउन सक्दैन भन्ने धेरै थिए तर अहिले उहाँ कुनै पुरुषको भन्दा पछी हुनुहुन्न ।’
सरकारले सुरु गरेका कामको छिटो प्रभाबकारी रुपमा काम गर्न उपभोक्ता समितिलाई रावलले निर्देशन दिएका छन । रावलले भन ‘जनताको माग र आबश्यकता भएको ठाउँमा हामी योजना ल्याउन तयार छौँ तर काम समयमै प्रभाकारी हुन पर्यो ।’
नगर बसको उद्घाटन
दिपायल सिलगढी नगरपालिकाको नगर बसको पनि नेकपाका नेता रावलले उद्घाटन गरेका छन । सार्बजनिक यातायातका लागी नगरपालिकाले ल्याएको नयाँ बसको रावलले उद्घाटन गर्नु भएको थियो ।नयाँ बस थपिएसंगै दिपायल सिलगढी नगर क्षेत्र भित्र बस संचालन हुने भएको छन । दुई बसले यात्रुको चाप थेग्न नसकेको कारण थप बस संचालन गर्नु पर्ने आबश्यकता भएको दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले बताउनु भएको छ ।