Logo

सामाजिक काममा साझेदारी गर्न सेना तयार



धादिङ, १७ वैशाख । नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पु¥याउन सेना सधैँ तयार रहेको बताउनुभएको छ । गजुरी गाउँपालिका– १ त्रिशूली नदी किनारस्थित रुद्रेश्वर मन्दिरसँगै नेपाली सेनाको देवीदत्त गणद्वारा निर्मित सुविधासम्पन्न शौचालय सोमबार हस्तान्तरण गर्दै बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाका प्रमुखसमेत रहनुभएका उहाँले यस प्राचीन तथा ऐतिहासिकस्थल व्यवस्थित गर्न सेनाले शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो ।

‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत यस प्राचीन मन्दिरको मौलिकता जोगाउन र संरक्षणका लागि सेनाले सहयोग गर्दै आएको गजुरीस्थित देवीदत्तगणका प्रमुख सेनानी सुदिप बानियाँले उल्लेख गर्नुभयोे ।
गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम बस्नेतले गाउँपालिका र नेपाली सेनाले बजार सरसफाइलगायत कार्यमा साझेदारी गर्दै आएकामा आगामी दिन पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्