काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नाम नै लिएर सिमा नाका बन्द गरेर मुलुक बन्छ ? त भनेर प्रश्न सोधेका छन् ।
१३० औँ अन्तर्रा्ष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियनले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले,‘म राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमा नाका बन्द गरेर मुलुक बन्छ ? इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?’प्रश्न गरे । उनले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाईमा पु¥याइएको दावी पनि गरे ।
उनले वर्तमान संविधानले मजदुर वर्गीय चिन्तनलाई आधार मानेको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले बेराजगारलाई सय दिन तलब भत्ता दिने सरकारको निर्णय मजदूर वर्गका लागि अकल्पनीय उपलब्धी भएको पनि स्मरण गराए ।