Logo

को हुन बर्ड फ्लूको कारण मर्ने पहिलो नेपाली, नाम गरिएन सार्वजनिक



नेपालमा बर्ड फ्लूको कारण पहिलो पटक एक २१ वर्षीय युवकको मृत्यु भएको खवर सार्वजनिक भएको छ ।चैत १५ गते उपचारका क्रममा मृत्यु भएका ती युवक गत चैत १० गते ज्वरो र रुघाखोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए।

उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि चलाइयो । तर, श्वासप्रश्वासमा समस्या भई भयो। उनको मृत्युपछि परीक्षणकाको लागि पठाइएको र्‍यालमा एच फाइब एन वान पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनको र्‍यालको नमूना परीक्षणका लागि जापान पठाइएको थियो । नमूना परिक्षणको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आइपुगेको थियो।स्वास्थ्य मन्त्रालयमा बिहीबार घटनाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मृतकको नाम भने खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्