काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् । राष्ट्रपति भण्डारीले मेरो सरकार भन्दा के को आपत्ति भन्दै प्रधानमन्त्री ओलीले यो अन्तर्रा्ष्ट्रिय प्रचलन भएको स्पष्ट पारे । उनले भने,‘अरु त अरु भैगयो, बौद्धिक वर्गलेसमेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा मलाई आश्चर्य लागेको छ ।’