शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष–नेपाल उद्योग वाणिज्य महासंघ : लामो संक्रमणकाल पछि अहिले सबै नेपालीेले देखेको सपना भनेकै आर्थिक समृद्धि हो । झन्डै दुई दशकको राजनीतिक संक्रमणकालका कारण आर्थिक गतिविधि अगाडि बढाउन सकेका थिएनौं । तर, अब राजनीतिक परिवर्तन भइसकेर उन्नतिको लक्ष्य लिएका छौं । आर्थिक समृद्धिको सपना सबैले बोकेका छौं । प्रतिव्यक्ति आय एक हजार डलर रहेको छ । गरिबी निवारणको जुन गति छ त्यसलाई तीव्र गतिमा लैजानुपर्ने आवश्यकता छ । तर, त्यसको मुख्य स्रोत भनेकै रेमिट्यान्स हो । एक हजार प्रतिव्यक्ति आयलाई दुई हजार प्रतिव्यक्ति आय पु¥याउनका लागि रेमिट्यान्सले मात्रै पुग्दैन । अब लगानी खास गरेर उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ ।
देशमै रोजगारी सिर्जना हुन सक्यो भनेमात्रै राष्ट्र समृद्ध बन्न सक्छ । खासगरी ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी बढायो भने देशमा रोजगारीको सिर्जना हुन्छ । अब आउने दशकमा मध्य आय भएको मुलुकतिर जाने सपना पूरा गर्न सक्छौ । आर्थिक समृद्धि एकै पटक हुने कुरा होइन । सरकारले निजी क्षेत्रको रायसुझावअनुसार धेरै कानुनहरू परिमार्जन गरेको छ । अझै परिमार्जित गर्दै लानुपर्ने अवस्था छ । यसो भनिरहँदा समृद्धि एकै पटक हुन सक्दैन ।
हाम्रा अन्य धेरै चुनौतीहरू छन् क्रमशः त्यसलाई पार गर्दै लानुपर्नेछ । हामी ठीक चरणमा प्रवेश गरेका छौ । देशको समृद्धिको लागि लगानी सम्मेलन पनि ठूलो चरण हो । स्थिर किसिमको सरकार र नीति बनाउन सक्यौं र अहिले भएका चुनौतीलाई चिर्न सक्यौ भने सही दिशातर्फ लाग्नेछौ । निजीमैत्री सरकार छैन भन्न मिल्दैन । धेरै कानुन र नीति-नियम परिवर्तन निजी क्षेत्रको सहमति र सहभागिताबाटै भएका छन् । श्रम ऐनदेखि सामाजिक सुरक्षासम्मका ऐन परिमार्जन भएका छन् । तर, समयअनुसार अझै पनि धेरै कानुन परिवर्तन गर्नु पर्ने आवश्यक छ । एकै पटक धेरै परिवर्तन हुनुपर्छ भन्ने आशा पनि व्यावहारिक हुँदैन ।
हामीले विस्तारै विस्तारै अगाडि बढ्दै जानुपर्छ जस्तो लाग्छ । विगतदेखि नै रिपोर्टर्स क्लबले एउटा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ । यो धेरै प्रशंसनीय कुरा हो । सूचना र विचारमा क्रान्ति नै गरेको छ । हाम्रो सपना भनेकै आर्थिक समृद्धि भएकाले रिपोर्टर्स क्लबले पनि अबका दिनमा आर्थिक समृद्धिलाई सफल बनाउनेतर्फ केन्द्रित हुँदै अगाडि बढ्नुपर्छ।