काठमाडौं २३ बैशाख । नेपाली बजारमा मागको तुलनामा कफी उत्पादन नगन्य छ । कफी स्वाद लिने पारखी बढे पनि उत्पादन बढ्न सकेको छैन ।
राष्ट्रिय कफी तथा चिया विकास बोर्डका प्रवक्ता दीपक खनालका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँको १६३ टन कफी आयात भयो । देशभित्र ५१३ टन उत्पादन भयो ।
बोर्डले जिल्ला सहकारीहरुमार्फत संकलित तथ्यांकअनुसार आन्तरिक बजारमा नेपाली कफीको माग वार्षिक ६ हजार टन छ भने विदेशमा ८ हजार टन छ । –कान्तिपुर दैनिकबाट