Logo

फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै



काठमाडौं २५ बैशाख । भट्ट हेर्दा गाढा निलो देखिन्छ, फोक्सुन्डो तालको पानी । यहाँ आइपुग्ने आगन्तुकलाई स्कुले जीवनमा फाउन्टेन पेनमा भरेको नीलो मसीको याद आउँछ । हुन पनि त्यत्तिकै नीलो छ, फोक्सुन्डोको पानी ।

ताल किनारको पानीको रङ भने हरियो छ, हरियो कपडा ओछ्याएजस्तै । पानीभित्रका ढुंगा त्यत्तिकै टल्किन्छन् । मुखबाट फ्याट्ट आइहाल्छ, वाह… कति सफा !

तर वास्तविकता अर्कै छ । जब तपाई विस्तारै तालको वरिपरि घुम्नुहुन्छ वा पूरै ताललाई आँखामा कैद गर्न चार हजार मिटरभन्दा माथि उक्लिएर उत्तरपश्चिमतर्फको भ्यु प्वाइन्टमा पुग्नुहुन्छ, त्यतिबेला तपाईलाई थाहा हुन्छ ताल कसरी प्रदूषित हुँदै र पुरिँदैछ ।

अनियन्त्रित फोहोरले फोक्सुन्डो तालमात्र होइन, तालबाट निस्किएको पानी, जुन फोक्सुन्डो झरना हुँदै खोलामा परिणत हुन्छ, त्यो खोला पनि त्यत्तिकै प्रदूषित हुँदैछ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्