शरद रेग्मी स्थलगत रिपोर्ट : दाङ बैशाख २६ : तुलसिपुरमा रहेको मालपोत कार्यालयबाट सेवाग्राहीहरु सास्ति बेहोर्न बाध्य भएका छन । उनिहरु पन्ध्र दिन देखि दैनिक कार्यालय धाउदा समेत जग्गा पास हुन नसक्दा हैरानी बेहोर्न बाध भएका हुन ।
बैशाख ४ गते निकै तामझामका साथ कार्यालयले आफ्ना दैनिक काम हरु अनलाइन सिस्टममा लैजाने भन्दै उदघाटन समेत गरेको थियो ।
पुर्व तयारी बिना अनलाइन सिस्टममा लगेकै कारण अहिले सेवाग्राहीहरु दैनिक जसो झमेलामा पर्न थालेका छन । १३ गते देखिका लिखतहरु कार्यालयमा दर्ता भएका छैनन भने त्यसअघि कार्यालयमा दर्ता भएका ११ सय लिखत मध्य दुईसए पचास मात्रै काम सम्पन्न भएका छन ।
एकजना रुकुम मुसिकोट २ का ६५ बर्षिय हरिलाल अधिकारी दश गते देखि तुलसिपुरमा परिवार सहित होटलमा बस्न बाध्य भएका छन ।“म घडेरि पास गर्न आएको हु फाटवालाले आज–आज भोलि– भोलि भन्दै फर्काउने गरेको दुखेसो पोख्दै अगाडि भन्छन तीन जनाको परिवार आएका छौ“।
आज सम्म तीस हजार रुपैयाँ सक्किसक्यो ।“अझै काम कहिले हुनेहो अत्तोपत्तो छैन । त्यसै अर्कि सेवाग्राही तुलसिपुर ३ कि ७७ बर्षिय गगादेबि खड्का १२ दिन देखि मालपोत कार्यालयमा धाउन बाध्य भएको गुनासो गरेकि छन । मेरो जग्गा नामसारि गर्ने काम थियोे धेरै बाच्दिन होला छोराहरुको नाममा पास गरेर मर्ने ईच्छा थियो तर यो कार्यालयले काम नगरि दिदा मर्नपनि सकेकी छैन भावुक हुदै भनिन “ ।
दक्ष जनशक्तिको अभाब र पुर्व तयारी बिना अनलाइन सिस्टम लागु गरेको भन्दै पश्चिम दाङका सेवाग्राहीहरु आक्रोशीत भएका छन ।
उनिहरुको सामान्य काम हुन समेत हप्तौं दिन लाग्ने भए पछि उनिहरु बिना तयारी सुरु गरिएको अनलाइन सिस्टम तत्काल हटाउन समेत माग गरेका छन ।
यता कार्यालय प्रमुख नरेश कुमार खड्काले कर्माचारि अभाब र सिस्टम चलाउन सक्ने दक्ष टेक्निसियको अभाबका कारण समस्या पैदा भएको बताएका छन । उनले यो समस्या समाधान हुन अझै श्रावण महिना सम्म लाग्ने बताएका छन ।
कार्यालय प्रमुख खड्काले बिधुत र टेलिफोन अफिस जस्तै मालपोत कार्यालयमा पनि सेवा ग्राहि हरु लाईनमा लाग्नुपर्ने भनेर दिएको अभिब्यक्तिबाट जनताहरु झनै रुष्ट बनेका छन । उनिहरुले यश अघि सेवा सुधार गर्न माग गर्दै कार्यालयमा तालाबन्दी समेत गरेका थिए । यता लेखापढि सङघ तुलसिपुरले मालपोत कार्यालय जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएको छन।सङघले तयारी बिना अनलाइन सिस्टम लागु गर्दा २१ दिनमा करिव पन्ध्र सयभन्दा बढि सेवाग्राहीहरुको काम रोकिएको बताएका छन ।
यस्तै, कानुन ब्यबसायि सेवक राम आचार्यले जनताको प्रत्यक्ष सरोकार रहेको मालपोत कार्यालयको गैर जिम्मेवार गतिविधिका कारण सेवाग्राही अनावश्यक झमेलामा पर्नेगरेको बताएका छन । उनले जनताको सुचना पाउने हक समेत यश कार्यालयले बन्द गरिदिएर थप अन्यायपूर्ण व्यवहार देखाएको समेत आरोप लगाएका छन ।
यस्तै दिनहुँजसो मालपोत कार्यालय धाईरहने सेवाग्राहीहरुले बढि पैसा लगेर कर्मचारीहरुले एकैदिनमा काम सक्ने गरेको समेत आरोप लगाएका छन । उनिहरुले हामी १५ दिनदेखि लाईनमा छौ तर अर्को बाटो कर्मचारीको मिलोमतोमा केही हुनेखाने ब्यक्ति र जग्गा ब्यापारीहरुको काम रातारात गर्ने गरेको समेत उनिहरुले आरोप लगायतका छन ।
यस्तै अर्का कानुन ब्यबसायि झक्कु प्रसाद वलिले सयौंको फाईल लेखापढि ब्यबसायिहरुको जिम्मामा रहेको भन्दै करोडौंको राजश्व समेत उठन नसकेको बताएका छन । उनले जिल्लाको सबैभन्दा बढि सेवाग्राहीहरुको चाप हुने मालपोत कार्यालयमा यसरी महिना दिन सम्म पनि समस्या समाधान गर्न कोहिपनि जिम्मेवार नबन्नु दुखद घटना भएको बताए ।
यता दाङ जिल्लाका प्रमुख जिल्ला अधिकार गोबिन्द रिजालले तत्काल बिभागमा समन्वय गरेर जनताका काममा सहजता ल्याउन कार्यालय प्रमुख लाई निर्देशन समेत दिनुभएको छ । उहाँले भन्नुभयो “कुनैपनि बाहानामा सेवाग्राहीलाई मर्कामा पार्न हुदैनन् बिभाग बाट केही समस्या छ भने समन्वयात्मक भुमिका बाट समस्या समाधान गरौ प्राबिधिक समस्या छ भने तत्काल थप जनशक्ति ब्यबस्थापन गरेर भए पनि काम नियमितरूपमा सञ्चालन गर्ने बाताबरण सिर्जना गरौ ।