वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन्। पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ।सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन्।
यसै क्रममा इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन्। उनी त्यहाँ पुगेको सूचना आर्सनलका विश्वचर्चित जर्मन खेलाडी मेसुट ओजिल सामाजिक सञ्जालमार्फत् दिएका हुन्।काठमाण्डूका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्।
I don’t know how to express but this has to be the best thing I’ve done for someone. Thank you so much our hero @MesutOzil1088
So much happiness. Can’t literally put in words.
Thankful for being a part of @arsenalnepal09 #gooner #M10 #yagunnersya #coyg #WeAreTheArsenal pic.twitter.com/o0Wc43mVPO— Mountain Gooner (@lotuseaterking) May 13, 2019
ओजिलले सोमवार ट्विटरमा उनले लगाउने १० नम्बर भएको जर्सी बोकेका खतिवडाको र आर्सनलका नेपाली प्रशंसकहरूको सामूहिक तस्बिर पोस्ट गरेका थिए।ओजिलले लेखेका छन्, हेर्नूस्, मैले हस्ताक्षर गरेर नेपालको आर्सनल फ्यान क्लबलाई टीसर्ट पठाएपछि के भयो१ एक जनाले त्यसलाई सगरमाथा आधार शिविरसम्मै पुर्याए।ओजिलले ती तस्बिर पोस्ट गरिदिएपछि २८ वर्षीय खतिवडा आश्चर्यचकित भए।
उनले ट्विटरमै ओजिललाई धन्यवाद दिँदै आफूले त्यसलाई शब्दमा व्याख्या गर्न नसकिरहेकोू लेखेका छन्।अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गर्दै गरेका खतिवडा आफू विगत १० वर्षदेखि ओजिलको ूफ्यानू र १५ वर्षदेखि आर्सनलको समर्थक रहेको बताउँछन्।उनी आर्सनल फ्यान क्लबका उपाध्यक्ष पनि हुन्।
Look at what happened after I sent my signed jersey to the @Arsenal fanclub in #Nepal: One of theirs took it all the way up to the Mount Everest Base Camp at 5,364 metres ???❤?? #M1Ö #YaGunnersYa #GunnersWorldwide #WeAreTheArsenal #M10family pic.twitter.com/DhGGyBcSAn
— Mesut Özil (@MesutOzil1088) May 13, 2019
उनी वैशाख १७ गते आधार शिविर पुगेका हुन्।ओजिलले गरेको ट्वीट २३ सय भन्दा बढी रिट्वीट भएको छ तथा त्यसले १८ हजार भन्दा बढी लाइक पाएको छ।
बाइस वर्षको उमेरमै पहिलो पटक विश्वकप खेल्दा ओजिललाई विश्वले सन् २०१० मा चिनेको थियो।सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा उनको योगदान महत्त्वपूर्ण मानिएको थियो।जर्मन खेलाडी ओजिलले अहिलेसम्म पाँच पटक जर्मन प्लेयर अफ दि इयरु को उपाधि पाएका छन्।उनी सन् २०१३ देखि आर्सनलबाट क्लब खेल्न थालेका हुन्। त्यसअघि उनी स्पेनको रियाल मड्रिडबाट खेल्थे।बीबीसी