Logo

सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो : प्रधानमन्त्री ओली



काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेपाली समाजलाई विद्वेष र घृणा फैलाउने षड्यन्त्रहरु भइरहेको आरोप लगाएका छन् । उनले देश बनाउने महान् अभियान चुनौतिपूर्ण रहेको पनि सुनाए

शुक्रबार २६ औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘जनताको आन्दोलन देख्न नरुचाउने शक्तिहरुले एकता भत्काउन लागेका छन् । सरकार र नेकपा लोकतन्त्र, समुन्नत र अनुशासित समाजको पक्षमा हिँडिरहेको बेला अराजक र असभ्य समाज बनाउने प्रयास देश–विदेशबाट भइरहेपनि त्यो षड्यन्त्र सफल हुन नदिने दावी गरे । ‘प्रतिकृयावादी शक्ति सफल हुने छैनन । पार्टी एकताबद्ध छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्