काठमाडौं, ५ जेठ। जर्मनीको प्रियिमर डिभिजनको लिग फुटबल प्रतियोगिता ‘बुन्डेस लिगा’को उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टलाई ५–१ गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार सातौं पटक बुन्डेस लिगाको उपाधि उचालेको छ ।
समग्रमा भने बायर्न म्युनिखका लागि यो २९ औं लिग उपाधि हो । घरेलु मैदानमा गएराति भएको निर्णायक खेलमा बायर्नलाई जित दिलाउन किंग्सले कोम्यान, डेभिड अल्बा, रेनाटो सान्चेज, फ्रान्क रिबेरी र आर्यन रोबेनले एक–एक गोल गरे ।
बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई २ अंकले पछि पा¥यो । बायर्नले ३४ खेलबाट ७८ अंक जोड्दा डर्टमण्ड ७६ अंकमा समेटियो । च्याम्पियन बायर्नसँगै दोस्रो स्थानको डर्टमण्ड, तेस्रो स्थानको आरबी लेप्जिग तथा चौथो स्थानको बायर लिभरकुजेन पनि अर्को सिजनको च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएका छन् । एजेन्सीको सहयोगमा