काठमाडौं, ५ जेठ । सरकारले अब मोटरसाईकल र स्कुटरमा सवार हुने अर्थात पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो जानकारी दिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले भने,‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ। यातायात व्यवस्था ऐन २,३ महिनामा स्वीकृत(पास) हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ ।’
तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal