Logo

संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी



काठमाडौं, ७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संबिधान संशोधनबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले सरकारले संविधान संशोधनबारे स्पष्ट धारणा नआए बाध्य भएर संसद अवरोध गर्न बाध्य हुने चेतावनी दिए ।

बैठकमा बोल्दै उनले आफुहरुले उठाएका विषयमा सभामुखले सरकारलाई रुलिङ गरेपनि सरकारले त्यसको सुनुवाई नगरेको भन्दै आपत्ति जनाए । उनले संविधान सशोधनका बारेमा सरकारले आफुहरुलाई दिएको आश्वासन पुरा नगरेको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्