Logo

मिडिया काउन्सिल विधेयक स्वतन्त्र प्रेसको बिरुद्वमा



बुटवल, ७ जेठ । दुई तिहाई बहुमत कम्युनिष्ट सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी भएको पत्रकारका अगुवाहरुले बताएका छन् । पञ्चायती व्यवस्था भन्दा तल गिरेर मिडिया सम्बन्धी विभिन्न प्रकार विद्येयक ल्याएर यो वा त्यो प्रकारमा पे्रसमाथि ठाडो हस्तक्षेप गर्न लागिएको उनीहरुको ठहर छ ।

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विद्येयक स्वतन्त्र प्रेसको बिरुद्वमा रहेकाले त्यसलाई तत्काल फिर्ता गर्न आग्रह गरे ।मिडिया र मिडियाकर्मीहरुको बिरुद्वमा रहेको उक्त विद्येयक संसदबाट फिर्ता गरेर मिडियामैत्री बन्न सरकारलाई उनीहरुको आग्रह छ ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलले आज बुटवलमा आयोजना गरेकोा साक्षात्कारमा बोल्ने पत्रकारहरुले संसदमा विचारधिन अवस्थामा रहेको विद्येयक पास भएमा स्वतन्त्र प्रेस हनन् हुने बताए । अहिलेको राज्य र सरकार मिडियामैत्री बन्न नसकेको र पत्रकारहरुनै सत्ताको शक्तिमा पुगेको बेला नेपालमा सवतन्त्र प्रेस बिरोधी विद्येयक आउने गरेको उनीहरुको तर्क छ ।

गलत मनमसायले ल्याउन लागिएको मिडिया काउन्सिल विद्येयक खारेज गर्नका लागि विचार भन्दामाथि उठेर सबै श्रमजीवि पत्रकारहरु सडक आन्दोलनमा उत्रनु पर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश पांचका अध्यक्ष मौसम रोकाले पत्रकार र मिडियालाई कमजोर बनाउने गरी मिडिया काउन्सिल विद्येयक आएको बताउनु भयो ।

मिडियालाई अंकुश लगाउने गरी ल्याउन खोजीएको विद्येयकलाई पत्रकार महासंघले स्वीकारन नसक्ने बताउनु भयो । उहाले पत्रकार महासंघलाई मिडिया एजेन्सी बनाउन नहुने बताउंदै महासंघमा आवद्व पत्रकारले पनि मिडिया एजेन्सी चलाउन नपाइने बताउनु भयो ।

लुम्बिनी भ्रमण वर्षको अवसरमा पत्रकार महासंघ प्रदेशबाट केही कमजोरी भएको स्वीकार गर्दै महासंघलाई सुधार गरेर अगाडी बढाउने बताउनु भयो । पूर्व सांसद तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले तिनै तहका सरकारबाट मिडिया र पत्रकारहरु असुरक्षित बन्दै गएको बताउनु भयो।

उहाले कतिपय पत्रकारहरु सत्ताको आडमा स्वतन्त्र पे्रस बिरोधी गतिविधि गरेकाले पत्रकारितामा बेथिति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रकाशन तथा प्रसार र मिडया काउन्सिल विद्येयक ल्याएर सरकारले पे्रसमाथि अंकुश लगाउन खोजेकाले गलत कामको बिरोध गर्नुपर्नेमा जोड दिनुभयो । पे्रस चौतारी नेपालका पूर्व अध्यक्ष वालकृष्ण चापागाईले पे्रस काउन्सिललाई स्वतन्त्र संस्थाको रुपमा राखिनु पर्ने बताउनु भयो ।

उहाले नियोजित रुपमा विभिन्न प्रकारका विद्येयक ल्याएर पे्रस काउन्सिललाई नियन्त्रण ल्याउने षडेयन्त्र भएको बताउनु भयो । विचौलीयका कारण पत्रकारिता र मिडिया हाउसहरु संकटमा परेको दावी गर्नुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ट उपाध्यक्ष गोविन्द खनालले पञ्चायतमा जस्तै मिडियामाथि आक्रमण भएको बताउनु भयो ।

लोकतन्त्रलाई बचाई राख्नका लागि पे्रस स्वतन्त्रताको विकल्प नभएको बताउनु भयो । स्वतन्त्र पे्रसलाई नियन्त्रण गर्नेगरी सरकारले मिडिया काउन्सिल विद्येयक संसदमा पेश गरेको आरोप लगाउनु भयो । प्रकाशन तथा प्रसारण समाज रुपन्देही अध्यक्ष नवराज कुंवरले सरकारका नजिक रहेका केही पत्रकारहरुका कारण नै पत्रकारिता र मिडियाहाउसहरु कमजोर बन्ने खतरा रहेको बताउनु भयो ।

मिडिया क्षेत्रलाई स्वतन्त्र राख्नका लागि महासंघ र सरोकारवाला निकायहरुले समयमै पहल गर्न जरुरी रहेको उहाले बताउनु भयो । कार्यक्रममा प्रेस युनियन रुपन्द्येहीका निर्बतमान सभापति विक्रम खड्काले सरकारको ठाडो आदेशमा बिधेयक बनेको बताउनुभयो ।

रिपोर्टस क्लव प्रदेश पांचका प्रमुख रामकुमार क्षेत्रीले मिडिया काउन्सिल विद्येयक खारेज नगरिए हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने पर्ने बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्