काठमाडौं, ९ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउने बताएको छ। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै मेलम्ची आयोजनाका बाँकी काम तत्काल अघि बढाउने जानकारी दिए। इटालियन सिएमसी कम्पनीले आयोजनाको काम छाडेर हिँडेपछि रोकिएको काम अब तीव्र रूपमा अघि बढाउने सरकारले बताएको हो।
मन्त्री बाँस्कोटाले लाल आयोगको प्रतिवेदन अध्ययन गरिरहेको भन्दै आवश्यक परे सरकारले उपयुक्त समयमा सार्वजनिक गर्ने स्पष्ट पारेका छन् । बाँस्कोटाले भने, ’राजपाले लाल आयोगको प्रतिवेदनको विषय उठाएको कुरा साँचो हो। सरकारले प्रतिवेदन अध्ययन गरिरहेको छ। अध्ययन पछि उपर्युक्त समयमा सार्वजनिक हुन्छ।’
तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम