Logo

सुनसरीमा गोली हानी कर्मचारीको चार लाख लुटियो



सुनसरी, १२ जेठ । सुनसरीको धरान-४ बाट रकम कलेक्सन गरि फर्किँदै गरेका जीवन विकास लघुवित्तिय संस्थाका एक कर्मचारीलाई अज्ञात समुहले गोली प्रहार गरेको छ ।

अज्ञात समुहको गोली लागेर शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । अज्ञात समुहले गच्छदारमाथि  २ राण्ड गोली चलाएका छन् ।  उनको कुइना र कोखामा गोली लागेको छ । स्कुटरमा आएको तीन जनाको समुहले मोरंगको साउने बस्तीमा गच्छदारमाथि गोली  हानी कलेक्सन गरेको ४ लाख रकम समेत लगेको धरान प्रहरीले जनाएको छ । रकम लिएसँगै लुटेरा फरार छन् ।

घाईते गच्छदारको धरान स्थित विपि कोईरालाल विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । गच्छदार बोल्न सक्ने अवस्थामा रहेका छन् । गोली प्रहारसँगै मोरंगका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्