विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई पराजित गर्दै प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले प्रदेश १ लाई ११३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो । आर्मीले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले २६ दशमलव ५ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्र बनायो । प्रदेश १ का लागि राजन मगरले सर्वाधिक २६ रन जोडे । मुकुन्द यादवले १८ तथा रबी रोयले १० रन बनाए ।
बलिङतर्फ आर्मीका सुशन भारीले ह्याट्रिक विकेट लिए । उनले २६ औँ ओभरको तेस्रो, चौथो र पाँचाँै बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । करण केसीले दुई विकेट झारे ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ५६ रनको योगदान दिए भने हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३०, करण केसी २६ तथा कुशल मल्लले १६ रन बनाए ।
बलिङतर्फ प्रदेश १ का दीपेश कँडेलले ३, सिद्धान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले दुई–दुई विकेट लिए । यसअघि पहिलो खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
यस्तै मूलपानी क्रिकेट मैदानमा आज भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित ग¥यो । रासस