Logo

प्रधानमन्त्री क्रिकेट कपः प्रदेश ३ विजयी



प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं ३ विजयी भएको छ । प्रदेश नं ३ ले प्रदेश नं ५ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको प्रदेश ५ ले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उप–कप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित प्रदेश ३ लाई जीतका लागि १२३ रनको लक्ष्य दिएको थियो । प्रदेश ३ ले उक्त लक्ष्य २१ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । प्रदेश ३ का लागि रित गौतमले सर्वाधिक ३७ रन बनाए । यस्तै रवीन जोशीले ३५, इशान पाण्डेले २१ र आदिल खानले १२ रन बनाए । बलिङतर्फ प्रदेश ५ का अनिल खरेल र सिद्धान्त शाहीले दुई÷दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै प्रदेश ५ ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनायो । प्रदेश ५ का लागि सुवेन्दु पाण्डेले सर्वाधिक २० रन बनाए । सुरज दरालले १८, सन्दीप सुनारले १४ तथा शौरभ खनालले १३ रन बनाए । बलिङतर्फ प्रदेश ३ का पारस खड्काले ४ विकेट लिए । यस्तै सूर्य तामाङले ३ तथा नन्दनकुमार यादवले दुई विकेट लिए । मङ्गलबार मूलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच तथा कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रदेश ३ र गण्डकी प्रदेशबीच खेल हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्