Logo

रामशरणले ऋषि धमलालाई ओली र अर्थमन्त्रीको प्रवक्ता भनेपछि कार्यक्रममै भयो यस्तो हंगामा



काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले पत्रकार ऋषि धमलालाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको प्रवक्ता भनेपछि टिभी कार्यक्रममै हंगामा भएको छ । सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा कांग्रेस नेता महतले यस्तो आरोप लगाएका हुन् ।

डा. महतले बजेटमा प्रत्येक सांसदलाई जनही दश करोड पैसा दिनु भनेको देश लुट्नु भएको संज्ञा दिए । उनले आफूहरु त्यसको पक्षमा नरहेको पनि जिकिर गरे । यो वर्षको बजेट कार्यान्वयन हुनेखालको र जनताका प्राथमिकताहरु पूरा गर्ने खालको ल्याउनुपर्ने उनको भनाई छ ।उनले भने,”कृत्रिम रुपमा बजेट बनाउने होईन ।”



प्रतिक्रिया दिनुहोस्