उपप्रधान एवं रक्षामन्त्री इंश्वर पोखरेलले प्राविधिक शिक्षा सञ्चालनमा जोड दिनुपर्ने बताउनुभएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–३ चौरीखर्कस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयको नवनिर्मित भूकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दै उहाँले प्राविधिक शिक्षामा लगानी गर्न नसके विकास र समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।
उहाँले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक वर्षभित्र चाँैरीखर्कसम्म सडक पु¥याइने बताउनुभयो । उहाँले खुम्बुको शिक्षा, स्वास्थ्यलगायतको विकासका लागि सडक आवश्यक भएकाले सोहीअनुसार प्रदेश सरकारले बजेट व्यवस्था गरेर काम गर्ने आश्वासन दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले खुम्बुको विकासका लागि विशेष बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले खुम्बु क्षेत्रमा सङ्कलन हुने रोयल्टीको ५० प्रतिशत रकम यसै क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै चौँरीखर्कसम्म व्यवस्थित सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसमक्ष माग गर्नुभयो ।
विभिन्न गैरसरकारी सङ्घसंस्थाको आर्थिक सहयोगमा निर्माण भएको भवन आज उद्घाटन गरिएको हो । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएको भवन पुनःनिर्माण सोही वर्षको मङ्सिरदेखि शुरु भएको थियो । सुविधा सम्पन्न छ वटा भवनमा २१ कक्षा कोठा रहेका छन् ।
रु १४ करोडको लागतमा निर्माण भएको विद्यालय भवनका लागि हिमालयन ट्रष्ट न्यूजील्याण्ड, लुक्लाज एशोसिएशन स्वीजरल्याण्ड, हिमालयन प्रोजेक्ट अमेरिका, चौँरीखर्क एशोसिएशन स्वीजरल्याण्ड, हाइक फर नेपाललगायतका संस्थाको सहयोग रहेको विद्यालयका प्रधानाध्यापक वीरुमान राईले जानकारी दिनुभयो ।
उक्त विद्यालयको प्राङ्गणसँगै प्रत्येक कक्षाकोठामा सिसीटिभी क्यामेरा जडान गरिएको छ भने विद्यार्थीलाई स्वच्छ खानेपानीका लागि आठ वटा फिल्टरसमेत राखिएको छ । रासस