काठमाडौं, १५ जेठ । राप्रपा (संयुक्त) का सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नयाँ दिल्लीमा नेपाललाई हिन्दूराष्ट बनाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य सहमति हुने खुलासा गरेका छन् । मंगलबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।