Logo

शिक्षक अभाव टार्न शिक्षण स्वयंसेवक खटाइने, १ अर्ब ५० करोड बजेट



काठमाडौं १६ जेठ । मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६/२०७७ को बजेट पेस गर्दै स्नातक र स्नातकोत्तर विद्यार्थीलाई शिक्षण स्वयंसेवकका रुपमा खटाइने जनाए । यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । धेरै विद्यार्थी थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिने छ ।

शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्