चितवन – भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएकाे छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। लुक्दै हिँडेका कँडेललाई विशेष सूचनाको आधारमा भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरिसकेको छ ।